Comments Add Comment

माल्दिभ्सको समुन्द्री किनारमा कट्रिनाको हट पोज

बलिउडकर्मी फिल्ममा काम गरिरहँदा एकदम मेहनत गर्छन् । जब कामबाट फुर्सद मिल्छ, उन्मुक्त रमाउने ठाउँको खोजीमा लाग्छन् । अतः उनीहरुको लागि पि्रय गन्तव्य बनेको छ, माल्दिभ्स ।

यतिबेला अभिनेत्री क्याटरिना कैफ यस्तै फुर्सदिलो दिन बिताउन माल्दिभ्स पुगेकी छिन् । यसअघि उनी ‘भारत’को छायांकनमा व्यस्त थिइन् । फिल्मको काम सिध्याएपछि उनी ‘मुड फ्रेस’ गर्न माल्दिभ्स पुगेकी हुन् ।

भनिहालौं, सलमान खानको फिल्म ‘भारत’मा यसपाली क्याटरिना र सलमानको जोडी दोहोरिदैछन् । पछिल्लो समय उनीहरु ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा है’मा एकसाथ देखिएका थिए । अर्कोकुरा पनि थपिहालौं, यतिबेला क्याटरिना र सलमानबीच व्यवसायिक सम्बन्ध मात्र छ ।

उनीहरु यसअघि लामो समय लभ अफेयरमा थिए । पछि क्याटरिना सलमानलाई छाडेर रणवीर कपूरसँग डेट गर्न थालिन् । रणवीरसँग उनको विवाह हुने सम्म चर्चा चल्यो । उनीहरु दुबैले छुटै अपार्टमेन्ट खरिद गरेर बस्न थालेको पनि खबर आयो । यद्यपी उनीहरुको सम्बन्ध विवाहमा रुपान्तरण नभई पूर्णविराम लाग्यो ।

त्यसपछि क्याटरिना एक्ली भइन् । यतिबेला उनको करियर पनि धरापमा परिसकेको थियो । आखिरमा उनी शरण माग्न उनै सलमानकहाँ पुगिन् । सलमानले उनको करियरमा भरथेग गरे । अन्ततः क्याटरिना पुन आफ्नो लयमा फर्किइन् । उनी एकपछि अर्को फिल्ममा व्यस्त हुन थालिन् ।

पछिल्लो समय सलमान र क्याटरिना ‘भारत’ फिल्ममार्फत एकसाथ देखिदैछन् । तर, यतिबेला क्याटरिना एक्ली छिन् । यता सलमान भने युलिया वन्तुरसँग रोमान्स गरिरहेका छन् ।

क्याटरिना एक्ली छिन् र पूर्व ब्वाइफ्रेन्डहरुले आ-आफ्नै गर्लफ्रेन्ड च्यापिरहेका छन् । यद्यपी क्याटरिनालाई कुनै चिन्ता छैन । यसपाली माल्दिभ्स टि्रपमा रहेकी उनको भावभंगीमाले त्यसै भन्छ ।

केही समयअघि मात्र उनले आफ्नो शोसल मिडियाबाट केही फोटोहरु सार्वजनिक गरिन्, जुन माल्दिभ्समा बिदा मनाइरहेको अवस्थामा कैद गरिएका थिए । तस्वीरमा उनी निकै हट देखिन्छन् । साथसाथै उमंगित पनि ।

कतै विकिनीमा त कतै पानीभित्र जलपरी झै पोजमा उनले तस्वीर खिचाएकी छिन् । यी तस्वीरहरु उनले धमाधम आफ्नो शोसल मिडयाबाट साझेदार गरेकी हुन् ।

त्यसो त क्याटरिनालाई समुन्द्री छालहरुसँग खेल्न औधी रुची लाग्छ । उनी अक्सर फुर्सदिला दिनमा समुन्द्रमा डुबुल्की मारिरहेका या छालहरुमा खेलिरहेका देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment