News Summary
Generated by OK AI. Editorially reviewed.- राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन बिहीवार सर्वसम्मत रूपमा पारित गरेको छ।
- समितिले पारित प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेस हुने जनाएको छ।
- समितिले उपसमितिमा दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको छ।
१ असोज, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ ।
समितिको बिहीवार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको हो ।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिए ।
समितिको प्रतिवेदन प्रतिनिधिसभाको आजै बस्ने बैठकमा पेस हुने उनले जानकारी दिए । प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशन पनि दिए ।
समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागु हुने गरी जिम्मेवारी तोकेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया 4