+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चतराको अर्धमहाकुम्भ मेला उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २३ गते १०:२२

२३ चैत, काठमाडौं । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने भएका छन् ।

शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो ।

मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले अनलाइनखबरसँग भने ।

याे पनि पढ्नुहाेस्-  चतराका दुई जोगीवीच जुँगाको लडाइँ ! सरकारले दियो ५० लाख

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।

यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर, उनले पनि अन्तिममा आएर आफ्नो कार्यक्रम स्थगित गरेको जानकारी आयोजकलाई दिएका छन् । ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले  महत्त्व दिएको छ । उसले यसअघि नै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?