Comments Add Comment

चतराको अर्धमहाकुम्भ मेला उद्घाटन गर्ने प्रधानमन्त्रीको कार्यक्रम स्थगित

२३ चैत, काठमाडौं । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जना सहभागी नहुने भएका छन् ।

शनिबारदेखि सुरू हुन लागेको अर्धमहाकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भए पनि अन्तिममा आएर स्थगन भएको हो ।

मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले अनलाइनखबरसँग भने ।

याे पनि पढ्नुहाेस्-  चतराका दुई जोगीवीच जुँगाको लडाइँ ! सरकारले दियो ५० लाख

अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।

यसअघि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि उक्त कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर, उनले पनि अन्तिममा आएर आफ्नो कार्यक्रम स्थगित गरेको जानकारी आयोजकलाई दिएका छन् । ।

प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले  महत्त्व दिएको छ । उसले यसअघि नै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment