+
+
Shares

रोल्पामा पहिरो अपडेट : २ जनाको मृत्यु, १० जना बेपत्ता

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन् । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते ८:१९

२८ साउन, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । २ जना घाइते भएका छन् ।

बुधबार राति करिब ८:४० बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन् ।

हिलोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।

स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घटनाको खबर राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित १३ जनाको प्रहरी टोली घटनास्थलतमा खटिएको छ ।

साथै बिहान ४:३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन् । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ । घटनास्थलमा फोन सम्पर्क हुन नसकेको कारण र थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?