+
+
Shares

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको अनलाइनखबरसँग बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते ८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेपछि आज बिहान सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले अनुसन्धानका लागि कम्प्युटर र कम्प्युटरजन्य सामग्री हेर्नुपर्ने भएकाले खानतलासी गरिएको बताए ।
  • पत्रकार श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहितका सञ्चारकर्मीले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको अनलाइनखबरसँग बताए ।

आज बिहान सातै बजे प्रहरी टोली पुगेको थियो । चार–पाँच जना प्रहरीहरु कार्यालयभित्र र अरु बाहिर बसेका थिए । भित्र पसेका प्रहरीहरुले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको एक पत्रकारले बताए ।

पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन्।

प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका उनी खरो र निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?