Comments Add Comment

माैद्रिक नीतिको प्रभाव : एकैदिन ५० अंकले बढ्यो नेप्से

Nepse-indes-2072-sawan-10१० साउन, काठमाडौं । माैद्रिक नीतिपछि पहिलोपटक भएको सेयर कारोबार उल्लेख्य बढेको छ । परिसूचक उच्च अंकले बढेपनि नेप्सेले दुई पटक सर्किट ब्रेक लगाएको छ ।

१२ बजेर १६ मिनेट जाँदा पहिलो पटक र १ बजेर १४ मिनेट जाँदा दोस्रो पटक १५/१५ मिनेटका लागि सर्किट ब्रेक लगाइएको थियो ।
बजार खुल्दा १२ बजे १००३ अंकमा रहेको नेप्से ३ बजे बजार बन्द हुँदा ५०.५७ अंकले बढेर १०५३.९५ अंकमा पुगेको छ । समग्र नेप्से ५.०४ प्रतिशतले बढेको छ ।

मौदि्रक नीतिले आगामी दुई वर्षभित्र बैंकहरुको न्यूनतम चुक्ता पुँजी अत्यधिक वृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव आइतबारको नेप्सेमा परेको हो ।

बिहीबार माैद्रिक नीति सार्वजानिक गर्दै भगर्नर डा. चिरञ्जीबी नेपालले २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेकेा घोषणा गरेका थिए । हाल वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ ।

indexयो दिन वाणिज्य बैंक समूहको सूचक ६०.६७ अंकले बढेर ९५३.६९ अंकमा पुगेको छ । यो समूहको मात्रै २१ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, विकास बैंक समूहको सूचक २९.८२ अंकले, वित्त कम्पनीको ७.९ अंकले, बीमा समूहको २०० अंकले, जलविद्युत समूहको १०६ अंकले, होटल समूहको २८.६८ अंकले, अन्य समूहको सूचक ११.७५ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन १ सय १४ कम्पनीका १७ लाख कित्ता सेयर ३४ करोड ३ लाख रुपैयाँमा किनबेच भयो ।

नेप्सेले यसअघिको रेकर्ड तोड्ने विश्लेषण गरिएको छ । यसअघि चिरञ्जीब्ी नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा २०६५ भदौ १५ गते नेप्से सूचक हालसम्मकै उच्च अर्थात ११७५ अंकमा पुगेको थियो । साउन महिनाभित्रै नेप्सेले उक्त रेकर्ड तोड्ने विश्लेषकहरुले बताएका छन् । अहिले डा. नेपाल राष्ट्र बैंकको गभर्नर छन् ।

आगामी २५ दिनभित्रै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सार्वजानिक गर्छन । र, भदौ महिनाभित्र लाभांसको घोषणा गर्छन । बढी नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गर्ने संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण हुने छ ।

त्यसैगरी, ठूला, पुराना र बैंकको कम चुक्ता पुँजी भएका बैंको सेयरमा पनि आकर्षण बढेको छ । बोनस सेयर दिएर पुँजी बढाउने आशामा लगानीकर्ताहरु त्यस्ता संस्थाको सेयरमा आकषिर्ता भएका हुन् ।

तर, नेप्सेको वृद्विले लामो समय निरन्तरता नपाउने विश्लेषकहरूले बताउँदै अाएका छन् । लहैलहैमा लागेर भन्दा कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न सुझाव उनीहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment