Comments Add Comment

लाजिम्पाटमा खुल्यो फेसन डिजाइन स्टुडियो

laaf design studio (4)
१० साउन, काठमाडौं । राजधानीको मुटु लाजिम्पाटमा फेसन डिजाइन स्टुडियो सञ्चालनमा आएको छ । माछापुच्छ्रे बैंकको अपोजिटमा रहेको लाफ डिजाइन स्टुडियोको नितु ढुंगाना र अमेश भण्डारीले उद्घाटन गरे ।

स्टुडियोको मूख्य उद्देश्य फेसन डिजाइनको क्षेत्रमा उच्चतम सम्भावनाहरुको प्रर्दशन तथा त्यसको अनुभव दिलाउनु रहेको छ ।

नमुना कलेज अफर फेसन डिजाइन एन्ड टेक्नोलोजीबाट स्नातक गरेका डिजाइनरहरु स्टुडियोमा राखिएको छ । स्टुडियोमा महिला र पुरुषका लागि छुट्टाछुट्टै डिजाइनरद्धारा काम गराइन्छ ।

स्टुडियोमा विभिन्न प्रकारका गरगहनाका साथै महिला तथा पुरुष दुबैका लागि गुणस्तरीय पोशाकहरु उपलब्ध हुने बताइएको छ ।

laaf design studio (3)

यहाँ भारत, पाकिस्तान, बंगलादेशमा डिजाइन गरिएको फेसन वेयरहरु आयात गरिने सञ्चालकले बताएका छन् । सञ्चालकका अनुसार स्टुडियोले अनलाइन सुविधा समेत प्रदान गर्ने छ ।

यसका अलवा फेसन स्टुडियोले पोखरा, धरान, चितवन, बुटवल र नेपालगञ्जमा पनि सेवा प्रदान गर्ने जनाएको ।

laaf design studio (8) laaf design studio (7) laaf design studio (6) laaf design studio (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment