काठमाडौं । होन्डाको बहुचर्चित बाइक सीबी युनिकर्न १६० सीसीमा भित्रिएको छ । होन्डा बाइकको नेपाली बिक्रेता स्याकार ट्रेडिङ प्रालिले नयाँ युनिकर्न भित्राएको हो ।
नयाँ युनिकर्नमा इञ्जिनदेखि डिजाइन तथा फिचरहरू परिस्कृत गरिएको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ३७ हजार ९ सय रूपैयाँ तोकिएको छ ।
यसभन्दा अगाडि युनिकर्न १५० सीसीमा उपलब्ध थियो । जसले नेपाली बजारमा राम्रो छबी बनाउन सफल भयो । युवादेखि कर्पोरेट अफिसरसम्मको रोजाईमा परेको युनिकर्न स्टाइलिष्ट हुनुका साथै पावरफुल समेत रहेको छ ।
होण्डाको युनिकर्न १६० परिस्कृत मोडल हो । परिस्कृत मोडलले होण्डा बाइकको उचाई थप माथि पुर्याउने कम्पनीको विश्वास छ । युनिकर्न १६० बाइक इम्पेरियल रेड मेटालिक, ग्रे मेटालिक, पर्ल ब्ल्याक, हृवाइट गरी चार कलरमा उपलब्ध छ ।
नयाँ युनिकर्नले प्रतिलिटर ६२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको टप स्पिड १०६ किलोमिटर प्रतिघण्टा रहेको छ । १३५ किलो ताैल रहेको युनिकर्नमा ५ स्पिड गियर छ ।
यसमा परिस्कृत फिचरको रुपमा एरोडाइनामिक फ्रन्ट कुल, चिसेल्ड ट्यांक, अगाडि तथा पछाडि आकर्षक लाइट, स्पोर्टी साइलेन्सर, १६० सीसीको एचइटी इञ्जिन लगायत रहेका छन् ।
नयाँ युनिकर्न हेर्दामात्र नभई कार्य क्षमताका हिसावले पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । पुरानो युनिकर्नले जस्तै नयाँले पनि नेपालीको विश्वास जित्ने विश्वासमा कम्पनी छ ।
सन् १९६८ मा स्थापना भएको स्याकार कम्पनीले स्थापनाकाल देखि नै मोटरसाइकल आयात तथा बिक्री वितरण गर्दै आएको छ । यसले सन् २००२ देखि होण्डा अटोमोबाइल पनि बिक्री सुरु गरेको थियो ।
यस्तो छ होण्डा