Comments Add Comment

हत्याको पाँच दिन पछि मकैबारीमा टाउको भेटियो

निमुसंगम घर्ती
११ साउन, दाङ । दाङमा गत बिहिबार हत्या गरिएकी देवकी बिश्वकर्माको टाउको पाँच दिन पछि मकैबारीमा गाडिएको अबस्थामा फेला परेको छ । घोराही नगरपालीका ४ चौघेरामा ५६ वर्षीया देवकीको विभत्स हत्या भएको थियो ।

हत्या अभियुक्त रमेश विश्वकर्मा (बायाँ)
हत्या अभियुक्त रमेश विश्वकर्मा (बायाँ)

घटनास्थलमा शरिर फेला परे पनि टाउको, कलेजो, फोक्सो र आन्द्रा भेटिएको थिएन ।

हत्या अभियोगमा सोही ठाउँका ज्वाई नाता पर्ने ३८ वर्षीय रमेश विश्वकर्मालाई खुकुरीसहित पक्राउ गरेपछि उनकै बयान अनुसार खाेजी गर्दा टाउको भेटिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आईतबार देउखुरी सतबरीया गाबिस २ कप्तानगञ्जबाट रमेशलाई खुकुरी सहित पक्राउ गरेको थियो ।

रमेशको वयानका आधारमा घटना भएको ६ सय मिटर पूर्व मकैबारीमा सोमबार गाडिएको अबस्थामा टाउको फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी दिए । कलेजो, फोक्सो र आन्द्रा भने भेटिएको छैन ।

टाउको गाडेको स्थान देखाए पनि मानसिक रोगी रहेका रमेशले अरुले नै हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

सोधपुछको क्रम जारी रहेको र थप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

मानसिक रोगी रहेकी देवकी २५ बर्षदेखि त्रिपुर ४ सौरीमा दाजु डम्बरबहादुर बिश्वकर्माको घरमा बस्दै आएको र बिहीबार बहिनी विमला बिश्वकर्माको घरमा आएको बेला हत्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment