Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले निगमले चिनियाँ जहाज थप एक वर्ष उडाउने, चिनियाँ जहाजको बिमा शुल्क २५ प्रतिशत घट्यो, कर्जाको अंश होलसेल र सेवामुखी क्षेत्रमा बढ्दै शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा एडीबी सहयोगका आयोजना निराशाजनक, चिनियाँ जहाजको बिमा शुल्क २५ प्रतिशत घट्यो, गलत हल्लाले काठमाडौ जाने डर, भूकम्पले नभत्काएको मन, उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पाण्डेको सजायँ मिनाहा, ३ हेलिकोप्टर किक्क सिम्रिक र एयरबसबीच सम्झौता लगायतका खबर छन् ।

नागरिक दैनिकमा निगमले चिनियाँ जहाज थप एक वर्ष उडाउने, एडीबीको चेतावनी, पानी नपर्दा धान रोपाईँ भएन, सेयर कारोबारमा कीर्तिमान, २१ सहकारी खारेज, पर्यटन क्षेत्र इतिहासकै अप्ठेरोमा, ठग्ने पेट्रोल पम्प कारबाहीमा लगायतका खबर छन् ।

अभियान दैनिकमा कर्जाको अंश होलसेल र सेवामुखी क्षेत्रमा बढ्दै, सेयर ब्यापारमा नयाँ कीर्तिमान, पाण्डेलाई आममाफी, ११ महिनामा साढे ५ खर्ब विप्रेषण, नजिता नदिने योजनाबाट लगानी फिर्ता लैजाने चेतावनी, भूकम्पपछि अनुसन्धान गन्तब्य बन्यो नेपाल, सिमि्रक एयरले तीनवटा एयरबस हेलिकोप्टर खरिद गर्ने लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा पुनर्निर्माण प्राधिकरण गठनमा ढिलाइ, अर्थले उल्ट्यायो राष्ट्र बैंकको नीति, आधुनिक खेती गर्दै काभ्रेका किसान, नेपालगञ्ज चक्रपथको बजेट फ्रीज, सिम्रिकले अत्याधुनिक तीन हेलिकोप्टर ल्याउने लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment