+
+
Shares

मोर्डन ईण्डियन स्कुलको बसमा अगजनी गर्ने विप्लवका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १२ गते १९:०४

Biplap-cadder

१२ साउन, काठमाडौं । मोर्डन ईण्डियन स्कुलमा आगजनी गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता भएको खुलेको छ ।

आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते विहान ६ बजेतिर कीर्तिपुरमा मोर्डन ईण्डियन स्कुलका विद्यार्थी लिन गरेको ना १ क १०२३ नम्बरको बसलाई अगजनी भएको थियो ।

आगजनीमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले रुकुम, मग्मा घर भई शंखमुल बस्ने खड्क बहादुर केसी र धादिङ्ग कल्लेरी ३ का नरेश ठकुरीलाई भृकुटीमण्डपबाट पक्राउ गरेको छ ।

भृकुटीमण्डपबाट पक्राउ गरेका उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?