News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा ५८औं स्थानमा समावेश भएको छ।
- नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानलाई सोझो सेटमा हराएपछि ५८औं स्थानमा उक्लेको हो।
- एफआईभीबीको महिला वरियतामा नेपाल ५८.९९ अंकसहित ५८औं स्थानमा छ र भारत ६४औं स्थानमा छ।
९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली एफआईभीबी विश्व वरियतामा समावेश भएको छ । घरेलु कोर्टमा भइरहेको एफआईभीबीको विश्व वरियता प्राप्त काभा महिला भलिबल च्याम्पियनसिप खेलेपछि नेपालको महिला टोली वरियतामा समावेश भएको हो ।
एफआईभीबीको पछिल्लो अपडेट भएको वरियता अनुसार महिलातर्फ नेपाल ५८औं स्थानमा उक्लेको छ । शनिबार कीर्गिस्तानलाई सोझो सेटमा हराएपछि नेपाल फड्को मार्दै ५८औं स्थानमा उक्लेको हो ।
शुक्रबार भारत विरुद्ध पहिलो खेलपछि नै नेपाल वरियतामा समावेश भएको थियो । भारतसँग ३-२ को सेटमा पराजित भएपनि नेपाल ६२औं वरियतामा थियो । एफआईभीबीका अनुसार नेपालको अंक ५८.९९ छ ।
भारत भने नेपाल भन्दा पछि ६४औं स्थानमा छ । यस्तै कीर्गिस्तान ६३औं स्थानमा छ । यस्तै माल्दिभ्स ६६औं, बंगलादेश ६८औं र श्रीलंका ८५औं स्थानमा छ ।
नेपालमा हाल प्रतियोगिता खेल्न आएका मध्ये कजाखस्तान ३६औं र इरान ४५औं स्थानमा छ । एफआईभीबीको महिला वरियतामा हाल ९४ राष्ट्र आधिकारिक रुपमा समावेश छन् ।
युरोपियन राष्ट्र इटाली विश्व वरियतामा शीर्ष स्थानमा रहँदा एसियाबाट जापान सबैभन्दा माथि पाँचौ र थाइल्यान्ड १८औं स्थानमा छ ।
प्रतिक्रिया 4