Comments Add Comment

सर्पको टोकाईबाट बालकको मृत्यु

१३ साउन, कैलाली । अछाममा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । पायल गाविस वडा नम्वर ९ निवासी स्थानीय लालबहादुर बोहराका ४ वर्षका छोरा आशिष बोहराको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

स्थानीय हर्क बोहराले दिएको जाँनकारी अनुसार मंगलवार बेलुका ६ बजे टोकेको थियो । सर्पले टोक्ने बित्तिकै स्वास्थ्य संस्था लैजाने क्रममा उनको बाटैमा ज्यान गएको हो ।

घरको आगनमा खेलीरहेका बालकलाई एक्कासी सर्पले टोकेको उनका आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment