Comments Add Comment

जनमिलन सहकारीमा चोरी गर्ने राजु तामाङ पक्राउ

१२ साउन, काठमाडौं । भूकम्पको मौका छोपी जनमिलन सहकारी संस्थामा चोरी गर्ने तिलक भन्ने राजु तामाङ पक्राउ परेका छन् ।

Raju-Tamangनुवाकोटको भाल्चे ९ घर भई सामाखुसी बस्ने २२ वर्षका तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । सामाखुसीबाट पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

वैशाख १३ गते भूकम्पको मौका छोपी सामाखुसीस्थित मनमिलन सहकारीमा चोरी भएको थियो । ७ लाख १७० रुपैयाँ र झण्डै ४३ तोला सुन भएको सेफ चोरी भएको थियो ।

चोरीमा संलग्नहरुले सहकारीबाट सेफ चोरेर टोखा जंगलमा लगेर बाँडेको खुल्न आएको छ । अन्य अभियुक्त फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment