Comments Add Comment

राजेन्द्र बजगाईंलाई तरुण दलको चेतावनी

१५ चैत, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासन आयोगमा उजुरी गर्ने गोरखाका कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंलाई तुरुन्त कारबाही गर्न तरुण दलले माग गरेको छ ।

पार्टीले कारवाही नगरे तरुण दलले जुनसुकै कदम पनि चाल्न सक्ने भन्दै त्यसको सामना गर्न समेत चेतावनी दिएको ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी पार्टीको हित र अनुशासन विपरीत नेताहरुलाई मिथ्या आरोप लगाउनेलाई अनुशासनको कारवाही माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी सभापति तथा नेताहरुलाई आधारहीन आरोप लगाउने कार्यले पार्टीको जनाधार कमजोर बनाउने तर्क गरेका छन् ।

तरुण दलको विज्ञप्तिमा भनिएको छ-पार्टी नेताहरुको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवश्यक दृढ र ठोकस कदम चाल्ने अवस्थाको सिर्जना भएमा त्यसका लागि तयार हुन समस्त तरुणहरुलाई अपील गर्दछौं ।

तरुण दलले चाल्ने भनेको ठोस र दृढ कदम के हो भन्ने खुलाइएको छ । बिहीबार मात्र बजगाईंले सभापति देउवाले सरकारलाई नै सहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

उनी गत निर्वाचनमा गोरखाबाट प्रदेशसभाको प्रत्याशी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment