Comments Add Comment

पहिरोले घर पुर्दा एकको मृत्यु्

१४ साउन, बागलुङ । बाग्लुङमा अबिरल बर्षापछि गएको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।
बुधबार रातिदेखिको वर्षासँगै पहिरो खस्दा रायडाँडा गाबिस वडा न. ९ आफ्रेका ८४ बर्षीय कलाधर थापाको ज्यान गएको हो ।

पहिरोमा पुरिएका थापाको शव  स्थानीयबासीको सक्रियतामा निकालिएको स्थानीय सुमन गौतमले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी जाँदै गरेको  कुश्मीसेरा प्रहरी चौकीले जनाएको छ ।

पहिरोको कारण रायडाँडा गाबिसकै वडा न.८ का १४ घर उच्च जोखिमका परेको छन् । राति दुई बजे जंगलसहित खसेको पहिरोले घरहरु जोखिममा पारेको हो ।
माधव पराजुलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment