Comments Add Comment

नयाँ संविधान बनेपछि मात्र जिल्ला न्यायाधीश नियुक्त गर्न बारको माग

१४ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले नयाँ संविधान जारी भएपछि मात्र जिल्ला न्यायाधीशहरु नियुक्त गर्न माग गरेको छ ।

Nepal-Barबारले बिहीबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई बुझाएको न्यायापालिका सुधार सम्वन्धी ज्ञापन पत्रमा नयाँ संविधान जारी भएपछि मात्र जिल्ला न्यायाधीशहरु नियुक्त सुरु गर्ने गरी न्याय परिषदसँग समन्वय गर्न माग गरेको छ ।

साथै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ ।

विचौलियाहरुले न्यायिक प्रक्रियामा प्रभाव पारेको भन्दै बार एशोसिएशनले उनीहरुको पहिचान गरी कारबाही थाल्न माग गरेको छ ।

मुद्धा लामो समयसम्म हेर्दा हेर्दै वा निसुमा राख्दा अदालतको जनआस्थामा गम्भीर आशंका पैदा भएको भन्दै त्यसलाई निरुत्साहित गर्न र पेशी तोक्दा जनगुनासो नआउने र न्यायाधीशको व्यवसायिक दक्षतामा ध्यान दिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment