Comments Add Comment

रोकिएको माइक्रोबस पछाडि गुड्दा १ जनाको मृत्यु, ९ घाइते

४ चैत, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गुयलखेतमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । जसमध्ये डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घाइते सबैको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालक विनय बोहरा र गाडीधनी देव सिंहभाटलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको माइक्रोबस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।

यात्रु चढाउनका लागि रोकिएको अवस्थामा माइक्रोबस अचानक ‘व्याक’ गएर झाडीमा गएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । डडेल्धुराको केआई सिंह राजमार्ग अन्र्तगत भएको उक्त दुर्घटनामा माइक्रोबस सडकभन्दा ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment