Comments Add Comment

दाइको मुक्का प्रहारबाट भाइको मृत्यु, आमाले झुण्डाउन सघाइन्

१५ साउन, सोलुखुम्बु । सोलुखुम्बुको नेचा बतासे ३ का १३ वर्षीय बालक मोहन खड्काको मृत्यु दाजुको मुक्का प्रहारबाट भएको रहस्य खुलेको छ ।

मोहन आफ्नै घरको बलोमा प्लाष्टिकको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार फेला परेका थिए । सुरुमा उनले आत्महत्या गरेको अड्कल काटिएको थियो । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु नेत्र खड्काले घरायसी विवादमा मुक्का प्रहार गर्दा मृत्यु भएपछि झुण्डाएको खुलासा भएको हो ।

बुधबार दिउँसो दाजु नेत्रले भाइ मोहनलाई काम नगर्ने खान मात्रै अघि सर्ने भन्दै मुक्का प्रहार गरेका थिए । त्यसपछि लडेका भाइलाई उनले बलोमा झुण्डाएका थिए । मोहनलाई झुण्ड्याउन सहयोग गर्ने उनकी आमा पबिमायाँ खड्का र एक छिमेकीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोष्मार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरी कार्बाही प्रक्रिया अघि बढाउने प्रहरी निरिक्षक कुन्दन देबले जानकारी दिए ।

नवलपरासीमा खोलाले बगाएर मृत्यु

यसैबीच नवलपरासीको कावासोती नगरपालिका-४ स्थित केरुङ्गे खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार मृत्यु हुनेमा धौवादी ७ बाथुम्की बस्ने ४९ वर्षीय झविलाल राना रहेका छन् ।

बजारबाट घर फर्कनेक्रममा विहीबार साँझ खोलामा बगेर वेपत्ता भएका रानाको शव शुक्रबार फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment