Comments Add Comment

गौहत्याको विरोधमा गरिएको बन्दले सुदुरपश्चिमको जनजीवन प्रभावित

१६ साउन, कैलाली । गौहत्याको विरोधमा हिन्दुधर्म समर्थितहरुले आह्वान गरेको बन्दका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित भएको छ ।

बन्दले कैलालीसहित सुदुरपश्चिमका कञ्चनपुर, डडेल्धुरामा सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्द छन् ।

केहिदिन अघि कैलालीको धनगढी र आत्तरीया क्षेत्रमा १२ वटा गाईको हत्या भएको भन्दै गौहत्या गर्नेलाई कारबाहीको माग गर्दै हिन्दुधर्म समर्थितहरुले बन्द आह्वान गरेका हुन् ।

एसएलसी केन्द्रको माग गर्दै बन्द
यसैगरी एसएलसीे पूरक परीक्षाको परिक्षा केन्द्र स्रोत केन्द्र स्तरकै विद्यालयमा हुनुपर्ने माग गर्दे विभिन्न विद्यार्थी संगठनले कैलालीमा यातायात तथा बजार बन्द गराएका छन् ।

विद्यार्थी संगठनले परीक्षाकेन्द्र आफूले माग गरेको केन्द्रमा नभए सशक्त आन्दोलन गरिने चेतावनी दिएका छन् ।
साउन २० गतेदेखि सुरु हुने एसएलसी पूरक परीक्षाको केन्द्र सदरमुकाम धनगढीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment