Comments Add Comment

विश्व निकेतन स्कुलको पाँचकोठे भवन नेविसंघले बनाइदिने

१७ साउन, काठमाडौं । भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको नेपाल विद्यार्थी संघले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा पाँच कोठे पक्की भवन बनाइदिने भएको छ ।

Prakash-Man-Sing
भवन शिलान्यास कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह

सो भवनको नाम ‘विपी गणेशमान स्मृति भवन’ राखिने छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भवनको आइतबार शिलान्यास गरे ।

१५ लाख खर्च लाग्ने अनुमान गरिएको सो भवन ३ महिना भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

नेविसंघकै पहलमा कीर्तिपुरको पाँगामा पाँच कोठे पक्की विद्यालय भवन निर्माण सम्पन्न भैसकेको छ भने गोकर्णमा ३ कोठे भवन निर्माणकार्य जारी छ ।

‘भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवनहरुमा अस्थायी छाप्रो बनाउनु भन्दा पक्की बनाएमा लामो समयसम्म टिकाउ हुने भएकाले नेबिसंघको आर्थिक सहयोगमा पक्की भवन निर्माण हुँदै आएको छ,’ प्रवक्ता लामिछानेले भने ।

त्यसकालागि बिभिन्न दाता निकायहरुले सहयोगसमेत गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment