Comments Add Comment

कांग्रेस र एमाओवादीले एउटै कार्यक्रमबाट मागे ताम्सालिङ राज्य

tamsaling sangarshasha samite (3)

कविन अधिकारी

१७ साउन, काठमाडौं । प्रदेशको नामांकन र सिमांकन सहितको संविधान जारी गर्नुपर्ने लगायतका माग राखि ताम्सालिङ संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंको नयाँबानेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेस, एमाओवादी लगायत बिभिन्न राजनीतिक दलमा आवद्ध तामाङ समुदायका सभासदहरुले एउटै कार्यक्रमबाट ताम्सालिङ राज्य घोषणा गर्न माग गरे ।

बबरमहलबाट शुरु भएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

tamsaling sangarshasha samite (6)

विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभासद दिलमान पाख्रिनले तामाङ समुदायको राजनैतिक, भाषिक, साँस्कृतिक अधिकार संविधानमा सुनिश्चित गर्न माग गरेका थिए ।

यसैगरी एकीकृत नेकपा माओवादी पोलिटव्युरो सदस्य हितबहादुर तामाङले पहिचानको आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने, प्रदेशमा मुख्य बाहुल्य समुदायको मातृभाषालाई प्रादेशिक सरकारको कामकाजी भाषा बनाउनुपर्ने, धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी गर्नुपर्ने लगायतका माग राखेका थिए ।

tamsaling sangarshasha samite (2) tamsaling sangarshasha samite (4) tamsaling sangarshasha samite (5) tamsaling sangarshasha samite (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment