Comments Add Comment

वेश्याबृत्तिको अभियोगमा भारतीय नायिका पक्राउ

Rape-Sketchमुम्बई प्रहरीले गएराती देह ब्यापार गरेको आरोपमा एक टेलिभिजनकी कलाकार र उनको एजेन्टलाई पक्राउ गरेको छ । मुम्बई प्रहरीको समाज सेवा शाखाले शबरी होटलवाट उनीहरुलाई पक्राउ गरेको थियो ।

भारतीय समाचार संस्थाले जनाए अनुसार प्रहरीले केही दिन अघि नै ती कलाकार देहव्यापारमा संलग्न भएको जानकारी पाएको थियो । जानकारी पाएपछि प्रहरीले नायिकालाई रंगेहात पक्राउ गर्ने योजना बनाएर नक्कली ग्राहक बनेको थियो ।

प्रहरीले नक्कली ग्राहक बनेर नायिकाका एजेन्ट राज उपाध्यायसँग सम्पर्क गरेपछि राजले तीनै नायिका सहित केही युवतीको तस्बिर देखाएका थिए । नक्कली ग्राहक बनेरका प्रहरी र एजेन्ट राज विच १५ हजारमा कुरा मिलेपछि प्रहरीले पैसा लिनका लागि नायिकालाई नै होटलमा बोलाएको थियो । त्यही वेला प्रहरीले पक्राउ गर्‍यो ।

अहिले राज प्रहरी हिरासतमा छन् भने नायिकालाई महिला पूर्नस्थापना केन्द्र पठाएको छ । यसअघि पनि केही भारतीय नायिका वेश्यावृत्तिको आरोपमा पक्राउ परेर छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment