+
+

एमालेले भन्यो-उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेश

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २० गते १५:२३

Uml-Meet

२० साउन, काठमाडौं । नेकपा एमालेले उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेश बनाउने प्रस्ताव अघि सारेको छ ।

सिंहदरवारमा बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकले सीमांकनसहितको संविधान जारी गर्न पहल गर्ने निर्णय गरेको छ । ‘प्रदेशको संख्या बढी भयो भनेर जनताबाट सुझाव आएको छ’ सचिव योगेश भट्टराईले भने-‘उत्तर दक्षिण जोडिएका ५ देखि ६ प्रदेशमा सहमतिका लागि पशल गर्ने निर्णय भएको छ ।’

तर, संविधान जारी गर्ने साउन मसान्तको कार्यतालिका भने प्रभावित हुन नहुने एमालेले बताएको छ ।

एमाले स्थायी कमिटीको बैठकले दलित सभासद तथा अगुवाको धर्नामा भएको प्रहरीले गरेको हस्तक्षेपबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

साथै घाइतेको उपचार व्यवस्था गर्न सरकारलाई आग्रह गरेको नेता छविलाल विश्वकर्माले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?