+
+

इजरायलमा सरकारले नै महिला कामदार पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १५:००

Nepal-And-Isreal-Agriment

२२ साउन, काठमाडौं । इजरायलले फेरि नेपाली महिला कामदार लैजाने भएको छ । ५ वर्षदेखि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सहमत भएको हो ।

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा इजरायल राजदृूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदीले केयर गिभरका रुपमा नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सरकार आफैंले इजरायल कामदार पठाउनेछ । दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह -जीटुजी मोडल) मा कामदार पठाइनेछ ।

सम्झौता अनुसार लिखित र मौखिक परीक्षा पास हुनुका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई इजरायल लगिनेछ । पहिलो चरणमा ६० नेपाली छनोट गरिनेछ ।

पाइलट प्रोजेक्ट अन्तरगत ३०० नेपाली महिला इजरायल जाने अपेक्षा गरिएको छ । उनीहरु न्यूनतम लागतमा इजरायल जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?