+
+

दुई वर्षपछि आमा बन्ने करिनाको योजना

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २३ गते १०:५३

Kareena-Kapoor2

मुम्बई । सैफ अलि खानसँग बिबाह गरेकी करिना कपुरले अव दुई वर्षपछि आमा बन्ने बताएकी छिन् । एउटा अन्तर्वाताको क्रममा करिनाले भनेकी छिन् ‘मलाई आमा बन्न अझै २ देखि ३ वर्ष लाग्छ ।’ संवाददाताले अर्को पनि प्रश्न गरे ३५ वर्ष आसपासमै आमा बन्दा महिलाको स्वास्थ्य राम्रो हुन्छ होईन र ?’

करिनाले दाबी गर्दै भनिन् ‘मैले अहिलेसम्म जे चाहेँ सबै पाएकी छु । त्यसकारण चिन्ता छैन । अभिनयमा स्थापित भएपछि घर बसाल्ने योजना छ ।’ अहिले घर बसालेकी करिनाको अब दुईटा इच्छा बाँकी छ आमा बन्ने र त्यसपछि पनि अभिनयमा लगातार सक्रिय हुने ।

सेफले आफ्नो निकै ख्याल गरेको दाबी गर्ने करिना परिवारप्रति जिम्मेवार भएको धारणा राख्छिन् । अहिले उनलाई आफ्नो करिअर नयाँ चरणमा प्रवेश गरे झैं लागेको छ । किनकी अहिले उनले पर्फमेन्समा आधारित चलचित्रमा काम पाईरहेकी छिन् ।

चमेली र जब वी मेटपछि पर्फमेन्समा आधारित ‘उडता पञ्जाब’ मा काम गर्न पाएको उनको भनाई थियो । आगामी दिनमा नयाँ र ट्यालेन्ट निर्देशकसंग मात्रै काम गर्ने उनको योजना छ ।
अहिले प्रदर्शन भईरहेको चलचित्र ‘बजरंगी भाईजान’ को सफलताले उत्साहित करिनाको भुमिका निकै छोटो भएको भन्दै आलोचना गर्नेहरु पनि भेटिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?