Comments Add Comment

भूकम्प पीडितलाई लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानको सहयोग

२४ साउन, काठमाडौं । भूकम्प पीडित नेपालीहरुको राहत र पुनःस्थापना कार्यमा सघाउनको लागि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान, काठमाडौले ११ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ ।
Rahat-PM
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षिका कुन्तीदेवी न्यौपानेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेकी छन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले पीडितहरुको सहयोगको लागि आएको राहत रकम र सामग्रीको सदुपयोग होस भनेर आफू लागिरहेकेा बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका शोभाकर न्यौपाने, दुर्गाप्रसाद न्यौपाने,विष्णुप्रसाद न्यौपाने , विष्णु न्यौपाने र शिवानी न्यौपानेको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment