+
+

पोल नपुगेपछि रुखमा तार टाँगेर विजुली !

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २६ गते ७:२९

२६ साउन, काठमाडौ । सर्लाहीको ढुंग्रेखेला-३ कैलाशपुरीका स्थानीयवासीले नजिकै हरिवनमा झलमल्ल विजुली बालेको वर्षौसम्म टुलुटुलु हेरिरहे । विकास निर्माणको दृष्टिले पछाडि परेको गाउँमा विजुली बाल्ने चाहना पूरा भएन ।

All about light: from bulbs to artगाउँमा विद्युत विस्तार गर्न माग गर्दै स्थानीयवासी प्राधिकरण कार्यालय लालबन्दी र मलंगवामा पटक पटक डेलिगेसन गए । राजनीतिक दलका स्थानीय नेतालाई हारगुहार पनि गरे । तर, चाहना पूरा भएन ।

कतैबाट पनि आफ्नो मागको सुनुवाइ नभएपछि स्थानीयवासी आफ्नो गाउँमा विजुली बाल्न आफै कस्सिए । पाँच वर्षअघि घरलौरी पैसा उठाएर आफैले तार र पोल किनी कैलाशपुरीका स्थानीयले गाउँमा विजुली पुर्याए । तर, किनेको पोल र तारले गाउँभरी विद्युत लाइन विस्तार गर्न नपुगेपछि रुखमा तार बाँधेर घरघर पुर्याइएको नयाँ पत्रिकामा खबर छ ।

विजुलीको मुख्य करेन्ट प्रवाह भएको एउटा मसिनो तारलाई रुख रुखमा बान्दै गाउँभरि पुर्याएपछि जोखिम बढेको छ । बिजुली बाल्न स्थानीयले आफ्नै घरबाट विद्युतको अर्थिङ निकालेका छन् । कतिपय ठाउँमा विद्युत प्रवाह भएको महिलो तारलाई हरिया रुखका हाँगामा समेत बाँधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?