+
+

काठमाडौंलाई केन्द्र बनाएर ४.३ रेक्टरको पराकम्प, विद्यार्थी आत्तिए (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २६ गते ११:०६

Earthquake

२६ साउन, काठमाडौं । मंगलबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।

संविधानसभा बैठकमा समेत सभासहरु उठेका थिए । तर, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी भने बोलिरहे ।

बिहान १० बजेर ४२ मीनेट जाँदा ४.३ रेक्टर स्केलको पराकम्प गएको र केन्द्र कालिमाटी आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अाजको धक्का पनि गत वैशाख १२ गते गाेरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको पराकम्पन भएको मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार बिहान चार बजेर १४ मीनेट जाँदा गोरखा केन्द्र विन्दु बनाएर ४.९ रेक्टर स्केलको पराकम्प गएको थियो ।

बालबालिका त्रसित

भूकम्प अाएका बेला राजधानीका विद्यालयहरू सूचारू थिए । भूकम्पसँगै विद्यार्थी त्रसित भएर कक्षाकोठा बाहिर निस्किएका थिए भने केही बालबालिका घर फर्किँदै गरेको दृश्य देखियो ।

यो पनि पढ्नुहोस् (भूकम्प आउँदा केही सभासद भागे, सभाध्यक्षको कुर्सी हल्लियो)

भूकम्पपछिका केही दृश्य

Earthquake at kathmandu (2)

Earthquake at kathmandu (1)

Earthquake at kathmandu (10)

Earthquake at kathmandu (5)

Earthquake at kathmandu (4)

Earthquake at kathmandu (6)

Earthquake at kathmandu (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?