+
+

परिमार्जित प्रतिवेदनमा कांग्रेस-एमालेको स्वागत, एमाओवादीको आलोचनात्मक समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २६ गते ११:३०

२६ साउन, काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताका सुझाव समेटेर बनाइएको परिमार्जित प्रतिवेदनलाई कांग्रेस र एमालेका सभासदले स्वागत गरेका छन् ।

Mahara-and-Jetndra-Debएमाओवादी र फोरम लोकतान्त्रिकका सभासदले भने आलोचनात्मक समर्थन गरेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले पेश गरेको परिमार्जित प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै एमालेका सभासद कृष्णभक्त पोखरेल र कांग्रेसका हरिप्रसाद नेपालले समर्थन जनाए ।

त्यस्तै एमाओवादीका सभासद कृष्णवहादुर महराले आलोचनात्मक समर्थन रहेको बताए । उनले थारु बहुल जिल्लालाई थरुहट र मगर बहुल क्षेत्रलाई बिभाजन नगरी मगराँतमा राखिनुपर्ने बताए ।

फोरम लोकतान्त्रिकका सभासद जितेन्द्रनारायण देवले तीन दलले आफूहरुलाई धोका दिएको भन्दै यदि प्रदेशको सीमांकन परिमार्जन नगरिए फोरम लोकतान्त्रिकले अहिलेसम्मका सहमतिलाई पुनर्विचार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?