Comments Add Comment

सुन उकालो लाग्न थाल्यो, तोलाको ४९ हजार नजिक

Gold२७ साउन, काठमाडौं । स्थानिय बजारमा सुनको भाउ उकालो लाग्न थालेको छ । यस साता सुनको भाउ निरन्तर उकालो लागेको छ ।

बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेर ४८ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन तोलामा ५ सय बढेर ४८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । सोमबार पनि सुन तोलामा २ सय रुपैयाँ बढडेको थियो ।

पछिल्लो समय सुनको भाउ हृवात्तै घटेर तोलाका ४७ हजारको हाराहारीमा पुगेको थियो । त्यसपछि विस्तारै उकालो लाग्ने क्रम जारी रहेको देखिन्छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँ बढेर ६ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment