Comments Add Comment

सहवास टार्ने महिलाका ५ बहाना

sexxx

दाम्पत्य जिवनलाई सुखपूर्ण बनाउने तथा सम्बन्धलाई आपसी विश्वास, समर्पण, सन्तुष्टि तथा लगावका माध्यमबाट दहि्रलो बनाउने एउटा महत्वपूर्ण अस्त्र हो पति पत्नीबीचको यौन सम्पर्क । यद्यपि जुनसुकै बेला पनि पति पत्नी यो कार्यका लागि तयार नै हुनुपर्छ भन्ने चाहीँ सहीँ नहुन सक्छ ।

कतिपय अवस्थामा लोग्ने आफ्नो कामको दबाबले आजित भएको हुन्छ र कतिपय अवस्थामा श्रीमती आफ्नो निजी समस्यामा फसेकी हुनसक्छिन् । यस्तो अवस्थामा यौनकार्यका मन नजानु तथा बाध्यताबस सहवासमा संलग्न भएपनि त्यसलाई दिक्क मान्नेगरी प्रस्तुत हुनु स्वभाविक हुन्छ । त्यसैले यस्तो अवस्थामा पति पत्नीले एक अर्काको भावनालाई बुझेर पार्टनरको इच्छा अनुसारको व्यवहार तथा आचरण प्रस्तुत गर्नु मनासिव हुन्छ । तर कतिपय अवस्थामा यस्तो पनि हुन्छ की पुरुषले आफ्नो महिला पार्टनरको भावनालाई बुझ्नै सक्दैनन् ।

यस्तोमा महिलाहरुले प्रायः झुटको सहारा लिनेगर्छन् । उनीहरुले आफ्नो पार्टनरसँग यस्ता केही बहाना बनाउँछन् ती निहुँ सुन्ने बित्तिकै लोग्नेको मन बदलिन्छ र सहवासका लागि पलाएको इच्छा र उर्जा एकाएक सेलाउँछ ।

लगभग हरेक महिलाहरुको यौन जिवनमा यस्तो अवस्था आउने गर्छ । अनि त्यस्तो अवस्थामा महिलाहरुले पार्ने निहुँ प्रायः एकै खालका हुन्छन् । पार्टनरसँगको सहवास टार्नका लागि महिलाले पार्ने निहुँ यस्ता हुन्छन्-

निकै गर्मी छ, हामी दुबै पसिनाले भिजेका छौँ- यो सबैभन्दा सजिलो तथा कामयावी निहुँ हो । यद्यपि यो बहाना केवल गर्मी महिनामा मात्र काम लाग्नसक्छ तथापि यो बहाना धेरै महिलाले अपनाउने बहानाको रुपमा रहेको छ ।

मेरो पेट निकै दुखिरहेको छ, फुड प्वाइजनिङ भयो की – सहवासबाट उम्किनका लागि महिलाहरुले बनाउने अर्को सबैभन्दा चल्तीको निहुँ भनेको पेट दुखेको बहाना गर्नु नै हो । धेरै महिलाहरुले पेट दुखेको बहाना बनाउँछन् र त्यसको कारणको रुपमा फुड प्वाइजनिङ हुनसक्ने तर्क सबैभन्दा बढि पेश गर्छन् । पेट दुखाइका अन्य रोचक तथा घोचक कारण पनि पेश गर्छन् महिलाहरुले ।

धेरै पिएकी छु, टाउको फनफनी घुमिरहेको छ- यद्यपि यो बहाना मद्यपान नगर्ने महिलाहरुमा लागु हुँदैन । तर मद्यपान गर्ने धेरै महिलाहरुले पार्ने मुख्य निहुँ यहीँ हो । यो जतिपटक पनि पार्न सकिने निहुँ हो । रिंगटा लागिरहेको भनेपछि सायद कोहीपनि पुरुष पार्टनर आफ्नो महिला पार्टनरलाई सेक्सका लागि कर गर्दैन ।

तिमीले त्यो केटीलाई खुबै हेरिरहेको थियौ त, मलाई चित्त दुख्यो- पार्टनरलाई आरोपित समेत गर्ने यो निहुँ अलिक कडा तथा खतरनाक पनि सावित हुनसक्छ । श्रीमतीले यस्तो आरोप लगाउँदा श्रीमान तत्कालका लागि कि त्यसको प्रतिवाद गर्दै रिसाउँछ कि लाचार भएर स्विकार्दै शर्माउँछ । पार्टनरको आरोपको प्रतिवाद वा स्विकार गरुन्जेल उसमा जागेको यौनभावना सेलाउने पक्का हुन्छ ।

जिउ सबै घामले डढेको छ- सायद यो बहाना धेरै उच्च घरानिया सहरी महिलाका लागि काम लाग्नसक्छ । सहवास टाल्नका लागि धेरै महिलाहरुले यो कमजोर बहानालाई पनि अस्त्रको रुपमा प्रयोग गर्छन् । यस्तो निहुँले कहिलेकाहीँ काम पनि गर्छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment