Comments Add Comment

सोमपालसहित ९ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

Sompal Kami

२७ साउन, काठमाडौं । क्रिकेटर सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित भएका छन् ।

अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो । क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन् । उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन् ।

पुरस्कृत भएपछि अनलाइनखबरसँग कुरा गर्दै सोमपालले थप राम्रो गर्न हौसला मिलेको बताए । उनले भने-‘हामीले हारेर आएका थियौं तर, घरमा पुरस्कार पाउँदा अझै राम्रो क्रिकेट खेल्न हौसला मिलेको छ ।’

विमला तामाङ
विमला तामाङ

टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले राम्रो नजिता ल्याउन नसकेकोमा दुःखी बलर सोमपालले आफूहरुले राम्रो खेल्ने प्रयास गर्दा गर्दै नभएको बताए ।  उनले भने-जित कसैको पनि सुसनिश्चित हुँदैन । हामी राम्रो खेल्ने प्रयास गर्छौं र हाम्रो लागी कामना गरिदिनुस् ।’

यो पटक सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । पुरस्कार राशी १ लाख छ ।

केशरी चौधरी
केशरी चौधरी

यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन् । चारै जनाले जनही ५० हजार नदग पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment