+
+

परीक्षा शुल्कको विवादमा विद्यार्थीले जलाए क्याम्पस

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २७ गते १६:५६

२७ साउन, हेटौडा । स्नातक पहिलो बर्षको परीक्षा फाराम शुल्कको विषयलाई लिएर विद्यार्थीहरुले मकवानपुर बहुमुखी क्याम्पसमा आगजनी गरेका छन् । आगजनीमा संलग्न भएको भन्दै राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका जिल्ला सचिव राकेश महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Hetauda-Campus-ma-aagjani
आगजनीबाट क्षति भएको क्याम्पसको एउटा कोठा

बुधबार विहान १० बजे सञ्चालक समितिको बैठक चलिरहँदा विद्यार्थीहरुले पेट्रोल बम प्रहार गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

आगजनीबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष डोरमणी पौडेलको कार्यकक्षका फर्निचर, कार्पेट लगायतका सामान जलेर नष्ट भएका छन् ।

क्याम्पसले दियो किटानी जाहेरी

क्याम्पस प्रशासनले पट्रोल बम प्रहार गरेर आगजनी गरेको भन्दै विद्यार्थी नेताहरुविरुद्ध किटानी जाहेरी दिएको छ । जाहेरीमा उल्लेख भएका महर्जनलाई पक्राउ गरे पनि अरु फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीका क्याम्पस इकाइ अध्यक्ष अमृत बर्तौला सहितको टोलीले पेट्रोल बम हानेको क्याम्पस प्रशासनको दाबी छ । तर, मकवानपुर प्रहरीले भने पेट्रोल बम हानेको प्रमाण भने फेला नपरेको बताएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष पौडेलले घटनामा संलग्न कसैलाई पनि माफी नगरिने बताए ।

के हो विवाद ?

स्नातक तह पहिलो बर्षको परीक्षा फाराम भर्ने बुधबार अन्तिम म्याद हो । विद्यार्थीहरुले फारम शुल्क मात्र तिरेर फारम भर्न पाउनुपर्ने माग राख्दै आएका थिए । क्याम्पस प्रशासनले भर्ना तथा मासिक शुल्क समेत तिरेर मात्रै फाराम भर्न भन्दै आएको थियो ।

यही विवादमा विद्यार्थीहरुले क्याम्पसमा आक्रामण गरेका हुन् । आगजनी भए पनि परीक्षा फाराम भर्न भने नरोकिने क्याम्पस प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?