Comments Add Comment

सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी

Gold२८ साउन, काठमाडौं । स्थानिय बजारमा बिहीबार पनि सुनचाँदीको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ । साताको दोस्रो दिनदेखि सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।

बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर किनबेच भइरहेको छ । महासंघले बिहीबारका लागि सुनको भाउ तोलाको ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । बुधबार सुन तोलाको ४८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदी तोलामा १० रुपैयाँ बढेर ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment