+
+

सिरहामा अवैध औषधि पसल छ्यापछ्याप्ती

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २८ गते ९:००

२८ साउन, लहान । सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ ।

सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर, सुखीपुर, नहरा रिगौल, सीतापुर, लगडीगोठ, ठाडी, इनर्वालगायतका ठाउँमा सयाैं अवैध औषधि पसल सञ्चालनमा रहेका छन् । अवैध रुपमा सञ्चालनमा रहेका औषधि पसललाई कारबाही नगरिँदा स्वास्थ्य क्षेत्र प्रभावित हुनुका साथै वार्षिक करोडौँको राजस्व चुहावट हुँदै आएका छन् ।

औषधि पसल सञ्चालन गर्न औषधि व्यवस्थापन विभागबाट पसल सञ्चालनका लागि स्वीकृतिपत्र प्रदान गरी राजस्व कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी प्रावधान रहे पनि जिल्लाका अधिकांश ग्रामीण भेगमा अवैध रुपमा औषधि पसल सञ्चालन हुँदै आएको औषधि व्यवसायी सङ्घ लहानले जनाएको छ ।

सङ्घबाट सिरहामा ५२५ वटा औषधि पसल मात्र अनुमति लिई सञ्चालनमा रहेको सङ्घका अध्यक्ष शिवनाथ सिंहले बताउनुभभयो । उहाँका अनुसार जिल्लाका ग्रामीण भेगबाहेक जिल्लाको लहान, गोलबजार, धनगढी, मिर्चैयालगायत स्थानमा गरी करिब एक हजार अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका छन् ।

वि.सं. २०५६ देखि औषधि सेवा विभागले औषधि पसल सञ्चालनका लागि तालिम दिन बन्द गरेको, औषधि पसल सञ्चालनका लागि बिफर्मा उत्तीर्ण गर्नैपर्ने र दर्ता प्रक्रिया पनि झन्झटिलो भएका कारण अवैध रुपमा औषधि पसल सञ्चालन हुँदै आएको अध्यक्ष सिंहको भनाइ छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र औषधि पसल अवैध रुपमा छ्यापछ्याप्ती सञ्चालन हुँदासमेत सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको गुनासो स्थानीयवासीको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?