Comments Add Comment

रातको निद्रा खोस्ने केरौजाको कथा (फोटो फिचर)

Pahiro Gorkha (1)

३० साउन, गोरखा । गोरखाको उत्तरी गाउँ केरौजाका बासिन्दालाई बैशाख १२ गते गएको भूकम्पको त्रासले भन्दा पनि वस्तीमाथिको पहिरोले अत्याएको छ ।

झरीसँगै अस्थायी बस्ती माथिको डाँडोमा पहिरो जान थाले पछि उनीहरुको रातको निन्द्रा पनि खोसिएको छ । बैशाख १२ गते गएको भुकम्प र त्यस पछिका निरन्तरका परकम्पनले केरौजाको डाँडालाई छिया छिया बनाएको छ ।

उच्च हिमाली क्षेत्रमा पर्ने यो बस्तीका चार सय ४८ घर धुरीका बासिन्दाको दैनिक अचेल त्रासमा नै बित्ने गरेको छ । भुकम्पले केरौजाका १८ जना स्थानीय बासिन्दाको ज्यान लिनुका साथै चार सय भन्दा बढी घर पनि भत्कायो ।

Pahiro Gorkha (2)

स्थानीय चन्द्रबहादुर गुरुङ्गलाई भूकम्पले जोगिएको ज्यानलाई  पैरोले लैजालाकी भन्ने पीर छ । भुकम्प पछि सरकारी र केही गैर सरकारी संस्थाहरु राहत लिएर पुगे, आजसम्म पनि पुगिरहेका छन् ।

तर उनीहरुले पाएको राहतलाई पनि ढुक्कसंग प्रयोग गर्न सकिरहेका छैनन् । स्थानीय यूवा भलचन्द्र घले भन्छन् धेरै थोरै राहत त आयो तर ढुक्क संग त्यो पनि प्रयेाग गर्न सकिएन ।

केही समय अघि सरकारले अस्थायी रुपमा आरुटारमा तीन महिनालाई बस्ती स्थानान्तरण गर्ने कुरा सुनाएपनि त्यो कार्यान्वयनमा आएन । स्थानीय पनि एकीकृत बस्तीको पक्षमा छन् तर खेतीपाति बस्तुभाउ एकातिर छोडी अर्को तीर बस्ती सार्दा जीवन निर्बाह हुन कठिन हुने निष्कर्षमा पनि उनीहरु पुगेका छन् ।

त्यसैले स्थानीयवासी नजिकै जोखिम कम भएको क्षेत्रको छनौट गरी बस्तिको ब्यवस्थापन हुन्छ कि भन्ने आशमा बसेका छन् ।

Pahiro Gorkha (3)

Pahiro Gorkha (4)

Pahiro Gorkha (5)सुशील अर्याल,गोरखाबाट फर्केर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment