+
+

अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका अर्थमन्त्री काठमाडौँमा

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १८:५४

२ भदौ, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौँ बैठकमा भाग लिन भारत, पाकिस्तान र बङ्गलादेशका अर्थमन्त्री काठमाडौँ आइपुगेका छन् ।

भोलि बिहान यहाँ सुरु हुने उक्त बैठकमा भाग लिन पाकिस्तानका अर्थमन्त्री महमद इजाक दार, बङ्गलादेशका अर्थमन्त्री अबुल माल अ मुहिथ र भारतका अर्थराज्यमन्त्री जयन्त सिंह नेपाल आइपुगेका हुन् ।

अन्य सदस्य देशबाट सचिवस्तरको प्रतिनिधित्व हुने अर्थमन्त्रालयका उपसचिव लालबहादुर खत्रीले जनाकारी दिए । अर्थमन्त्री डा. रामशरण महतले अध्यक्षता गर्ने उक्त बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने कार्यक्रम छ ।

बैठकमा सार्कका सदस्य राष्ट्रबीच आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ ।

सार्क क्षेत्रमा लगानी अवस्थामा सुधार, गभर्नरस्तरीय बैठक, साझा मुद्राको प्रचलन र सार्कस्तरमा व्यापारका लागि सम्बन्धित राष्ट्रको मुद्रा प्रयोग (करेन्सी स्वाप) का विषयमा बैठकमा छलफल हुने जनाइएको छ । यस अतिरिक्त बैठकमा सार्क विकास कोष र सार्क लगानी बैंकबारे पनि छलफल हुनेछ ।

बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागी सम्मिलित प्रतिनिधिमण्डलको सहभागिता हुनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?