+

गर्भावस्थामा थाइराइड बढ्दा शिशुमा कस्तो असर पर्छ ?

२०८१ जेठ  ८ गते १३:५५ २०८१ जेठ ८ गते १३:५५
Shares
गर्भावस्थामा थाइराइड बढ्दा शिशुमा कस्तो असर पर्छ ?

गर्भावस्थामा थाइराइड बढ्ने समस्याले धेरै महिलालाई सताएको पाइन्छ । गर्भावस्थामा थाइराइडको स्तर बढ्दा आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । यसले भ्रूणको विकासमा असर गर्छ ।

गर्भावस्थाको थाइराइड गडबडी कति जटिल ?

गर्भावस्थामा थाइराइड गडबडी भएमा आमा र बच्चा दुवैका लागि जटिल अवस्था सिर्जना हुनसक्छ । शिशुमा शारीरिक तथा मानसिक विकास नहुने तथा शिशु पछि गएर सुस्त मनस्थितिको हुनसक्छ ।

आमामा प्रि-इक्लाम्पसिया (गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या), समयभन्दा अगाडि प्रसूति पीडा लाग्ने, प्रसूतिमा धेरै रगत बग्ने, भ्रूणको तौल कम हुने वा मृत शिशु जन्मिन सक्छ ।

थाइराइडकै कारण गर्भको बच्चामा मस्तिष्कको विकास राम्ररी नहुने भय हुन्छ । बच्चामा ‘न्युरोलोजिकल डिसअर्डर’ सामान्य रूपमा भन्नुपर्दा दिमागी विकास रोकिनु वा सुस्त हुनु जस्तो समस्या देखिन सक्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा समेत समस्या हुनसक्छ । साथै बच्चामा कान नसुन्ने वा उचाइ कम हुने जस्ता समस्या आउन सक्छ । गर्भमा हुँदा अक्सिजनको कमी भई गर्भमा नै मृत्यु हुनसक्छ ।

थाइराइड गडबडी भएमा गर्भ नै नरहने समस्या पनि हुन्छ

थाइराइड हार्मोनको मात्रा बढी वा कम भएमा महिलाको महिनावारी गडबडी हुने, प्रजनन् क्षमता घट्ने वा कमजोर हुने र डिम्बाशयमा डिम्ब उत्पादन कम हुन्छ । यसले गर्भमा बच्चा बस्न गाह्रो हुन्छ । त्यसैले थाइराइड भएको शंका लागेमा जाँच गराई उपचार गर्नुपर्छ । समयमा उपचार नभएमा गर्भ नरहने जोखिम हुन्छ ।

गर्भावस्थामा हुने थाइराइडको लक्षण

गर्भावस्थामा थाइराइडको निदान गर्न गाह्रो हुनसक्छ । किनकि थाइराइडका केही लक्षणहरू प्रायः गर्भावस्थाका लक्षणहरूसँग मिल्दोजुल्दो हुन्छन् ।

गर्भावस्थामा महिलालाई दुई प्रकारको थाइराइडको समस्या हुनसक्छ । पहिलो हाइपोथाइराइडिज्म,  जसमा थाइराइड ग्रन्थीले आवश्यकता भन्दा कम थाइरोइड हार्मोन उत्पादन गरिरहेको हुन्छ । यो समस्यामा तौल बढ्ने, अत्याधिक थकान, कब्जियत, अत्याधिक जाडो, मांसपेशीमा दुखाइ र ध्यान केन्द्रित गर्न कठिनाइ जस्ता लक्षण देखिन्छन् ।

त्यस्तै हाइपरथाइराइडिज्ममा भने थाइराइड हार्मोन बढी उत्पादन हुन्छ । यस अवस्थामा धेरै गर्मी, थकान, बेचैनी, वाकवाकी, बान्ता, हात कप्ने,  वजन घट्ने वा बढ्ने र अनियमित मुटुको धड्कन जस्ता लक्षणहरू देख्न सकिन्छ ।

गर्भावस्थामा कति हुनुपर्छ थाइराइडको स्तर ?

गर्भावस्थाको समयमा सामान्यतया थाइराइड स्तर ०.४ देखि ४ मिली–इन्टरनेसनल प्रतिलिटर (एमआईयू/एल)  राम्रो मानिन्छ ।

गर्भावस्थाको पहिलो त्रैमासिकमा थाइराइडको स्तर ०.१ एमआईयू/एल भन्दा बढी हुनुहुँदैन । गर्भावस्थाको दोस्रो त्रैमासिकमा ०.२ एमआईयू/एल भन्दा कम र ३.० एमआईयू/एल भन्दा बढी हुनुहुँदैन ।

गर्भावस्थाको तेस्रो त्रैमासिकमा थाइराइडको स्तर ०.३ एमआईयू/एल भन्दा कम र ३.० एमआईयू/एल भन्दा बढी हुनुहुँदैन ।

गर्भको शिशुका लागि थाइराइड आवश्यक हुन्छ ?

गर्भावस्थाको पहिलो तीन महिनामा थाइराइड हार्मोनले बच्चाको मस्तिष्क र स्नायु प्रणालीको विकासको लागि धेरै महत्त्वपूर्ण हुन्छ । बच्चाले यो हार्मोन सालमार्फत प्राप्त गर्छ । तसर्थ, आमाको थाइराइड स्तर नियन्त्रण गर्नु महत्त्वपूर्ण हुन्छ । गर्भावस्थाको १२ औं हप्तादेखि बच्चाको आफ्नै थाइराइड ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्न थाल्छ ।

गर्भावस्थामा हुने थाइराइडको जोखिमबाट बच्न के गर्ने ?

गर्भावस्थामा थाइराइडको समस्या देखिन सक्छ । तर यसको ख्याल गरिएन भने यसले गम्भीर रूप लिन सक्छ र यस्तो अवस्थामा गर्भवती महिला र बच्चा दुवैले समस्या भोग्नुपर्ने हुन्छ ।

गर्भावस्थामा थाइराइडका कारण हुने जोखिमबाट बच्न यसको समयमै र उचित उपचार गर्नुपर्छ । त्यसैले गर्भावस्थामा समय-समयमा थाइराइड जाँच गराउनुपर्छ ।

गर्भवती हुनुभन्दा अगाडि नै थाइराइडको चेकजाँच गराउनुपर्छ । पहिलेदेखि नै थाइराइडको समस्या भएकाहरूले औषधिको सेवन गरेर सामान्य अवस्थामा आइसकेपछि मात्र गर्भधारण गर्नुपर्छ ।

थाइराइडको समस्या भइहालेमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ । गर्भावस्थामा हर्मोनको आवश्यकता बढी हुनसक्छ, त्यसैले औषधिको डोज मिलाएर खानुपर्ने हुन्छ ।

डा. विनय भट्टराई थाइराइड
डा. विनय भट्टराई
लेखक
डा. विनय भट्टराई
मधुमेह, हार्मोन तथा थाइराइड रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९०९५ अध्ययन : एमबीबीएस र एमडी हाल काठमाडौंस्थित मेट्रो काठमाडौं र ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’