+
+

आन्दोलनकारीको सडकमै गाँस, सडकमै बास (फोटो फिचरसहित)

२ भदौ, भैरहवा । प्रदेशको सीमाकंनबाट असन्तुष्ट मधेस केन्दि्रत दल र थरुहट संघर्ष समितिले आन्दोलन कडा बनाउँदै लगिरहेका छन् । रुपन्देहीको भैरहवा-परासी सडकखण्ड हुलाकी राजमार्गको धकधईमा आन्दोलनकारी सडकमै खाना पकाएर खान्छन् र सडकमै रात बिताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १९:२२

mahesh-Andolankari-1

सलमान खान

२ भदौ, भैरहवा । प्रदेशको सीमाकंनबाट असन्तुष्ट मधेस केन्दि्रत दल र थरुहट संघर्ष समितिले आन्दोलन कडा बनाउँदै लगिरहेका छन् । रुपन्देहीको भैरहवा-परासी सडकखण्ड हुलाकी राजमार्गको धकधईमा आन्दोलनकारी सडकमै खाना पकाएर खान्छन् र सडकमै रात बिताउँछन् ।

उनीहरुको कारण हुलाकी राजमार्ग करिब १ सय ९२ घण्टादेखि ठप्प छ । प्रहरीले सुरक्षा लाईनमा सवारी साधनलाई स्कर्टिङ गरी लैजान खोजेकाले आन्दोलनकारीहरु हुलाकी राजमार्गको बाटोमै लस्करै सुत्छन् । भैरहवा क्षेत्रका आन्दोलनकारीहरुले पनि मंगलबारदेखि सडकमै गास र सडकमै बास सुरु गरेका छन् ।

mahesh-Andolankari

माग सम्बोधन नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी रहने स्वतन्त्र मधेस गठबन्धनका रुपन्देही संयोजक भोपेन्द्र यादवले बताए । ‘गोली खान तयार छौं, तर सडकबाट हट्दैनौं,’ संयोजक यादवले अनलाइनखबरसँग भने-‘यही सडकमै २४ सै घण्टा विताउँछौं, यहि खान्छौं र यहि सुत्छौं ।’

कांग्रेस, एमाले र एमाओवादीको समर्थन

मधेसी मोर्चाको अनिश्चितकालीन रुपन्देही बन्दमा सत्ता साझेदार कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्षी एमाओवादीका स्थानीय नेताहरुले समेत समर्थन गरेका छन् ।

mahesh-Andolankari-3
एमाओवादीका केन्द्रीय सल्लाहकार विनोद उपाध्याय आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आन्दोलनमा होमिएका छन् । एमाओवादीकै रुपन्देही क्षेत्र नम्बर १ का ईन्चार्ज देवेन्द्रनाथ पाण्डे -सागर)ले आफू पनि सडकमा उत्रिएको बताए ।

नेकपा एमालेका नेता जयप्रकाश यादव पनि एमालेको साथ छोडि आफनो हक अधिकारको लागि मधेस आन्दोलनमा उत्रिएको बताउँछन् । धकधई क्षेत्रका कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका दर्जनौं नेता-कार्यकर्ताहरु आन्दोलनमा होमिएका छन् ।

रुपन्देही ठप्प, जनजीवन प्रभावित

गत साउन २६ गतेदेखि मधेस बन्द आह्वान गरेपनि रुपन्देही जिल्ला भने गत २७ गतेदेखि ठप्प छ । रुपन्देही जिल्लामा बन्द हडतालको सबैभन्दा वढी असर धकधई क्षेत्रमा परेको छ । बन्दका कारण भैरहवा लगायत यस आसपासका क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण भैरहवामा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसकेपछि यात्रुहरु सबैभन्दा बढी मारमा परेका छन् ।

सबै पछाडि हटेर निकास निकाल्नुपर्छ : शुक्ला

आफूहरुसँग भएको सहमति विपरित र सुझाव संकलनमा जनताको सुझावलाई बेवास्ता गरेर प्रमुख दलका शीर्ष नेताहरु अगाडि बढेकाले मधेसमा यो स्थिति उत्पन्न भएको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री शर्वेन्द्रनाथ शुक्लाले बताए ।

उनले सरोकारवालाहरुसँग छलफल गरी अगाडि बढ्नु उत्तम हुने धारणा राखे । ‘जनताको भावना माथि टेकेर केही नेताको व्यक्तिगत फाइदाका कारण मात्र प्रदेशको सीमाकंन कोरिएको कारण मधेसमा आन्दोलन भएको हो’ महामन्त्री शुक्लाले अनलाइनखबरसँग भने-अब सबै पछाडि हटेर यसको निकास निकाल्नुपर्छ, नभए मुलुकमा ठूलो द्वन्द्व हुनसक्छ ।’

संविधान सभा २ बाट संविधान बन्न सकेन र आन्दोलनलाई बेवास्ता गरेर सरकारले जबरजस्ती संविधान निर्माण खोजे मुलुकलाई द्वन्द्वमा जानबाट कसैले रोक्न नसक्ने शुक्लाले चेतावनी दिए ।

अहिले नवलपरासी, कपिलवस्तु, सप्तरी लगायत स्थानका आन्दोलनमा सरकारले दमन गरिरहेको बताउँदै उनले यसलाई रोक्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?