Comments Add Comment

रोजगार विभागलाई म्यानपावर व्यवसायीको एक दिने अल्टिमेटम

Man Power  (1)

२ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागले छानविनमा रहेका म्यानपावर कम्पनीहरुलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै व्यवसायी आक्रोसित गरेका छन् ।

उनीहरुले बिहीबारसम्ममा निर्णय नसच्याए सरकारसँग हालै भएको ३१ बुँदे सहमति जलाएर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही फाइलमा कैफियत देखिएको भन्दै ४७ म्यानवापरमाथि छानविन गर्न विभागमा पठाएको थियो ।

अख्तियारको निर्देशनपछि विभागले ४६ म्यानपावरको पूर्व र अन्तिम स्वीकृति दिने काम रोकेको ५१ दिन भयो । तर, डिजाइन इम्प्लोइमेन्टको भने रोक्का नभएपछि म्यानपावर आक्रोसित भएका छन् ।

Man Power  (2)

बुधबार साँझ विभागका महानिर्देशनसँग भएको छलफलमा उनीहरुले बिहीबार १ बजेसम्मको समय दिएका छन् । ‘१ बजेसम्म भएन भने ३१ बुँदे जलाएर अन्दोलनमा जान्छौं’ नेपाल बैदेदिक रोजगार संघका द्वीतिय उपाध्यक्ष हरिबहादुर पाण्डेले अनलाइनखबरसँग भने ।

विभागले लगाएको रोकका कारण झण्डै १५/१६ हजार युवा विदेश जान रोकिएका छन् । उनीहरु मध्ये केहीको भिसाको म्याद समेत सकिएको छ । ८/१० हजार मानिस भने विदेश जाने पर्खाइमा काठमाडौं आएर बसेको व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment