Comments Add Comment

मधेसी र जनजाति पार्टीहरुले बनाए संघीय गठबन्धन

२ भदौ, काठमाडौं । सीमांकनको विरोधमा आन्दोलनरत मधेस केन्द्रीत र जनजाति दलहरुले संघीय गठबन्धन बनाएका छन् ।

गठवन्धनमा बैद्य माओवादीलाई भने समोवश गरिएको छैन । बुधबार आन्दोलनकारी दलहरुको बैठकले संघीय गठबन्धन बनाउने सहमति गरेका हुन् ।

गठवन्धनमा मधेसी मोर्चाका संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी,सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी छन् । 

यस्तै थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी,सामाजिक लोकतान्त्रिक पार्टी र आदिवासी जनजाति पार्टी पनि गठवन्धनमा छन् ।

गठवन्धाले सचिवालय गठन गर्ने भएको छ भने पार्टीगतथ रुपमा अलग कार्यक्रममा गर्न सक्ने स्वायत्तता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment