+

साफ यू-१९ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

२०७२ भदौ  ३ गते १०:०० २०७२ भदौ ३ गते १०:००
साफ यू-१९ च्याम्पियनसिपमा नेपाल र भुटान भिड्दै

Balgopal

३ भदौ, काठमाडौं । आजबाट काठमाडौंमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

एन्फा कम्लेक्स सातदोबाटोमा दिउँसो साढे तीन बजे सुरु हुने खेलमा नेपाल विजयी लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । उपाधिका लागि कडा मेहनत गरेको खेलाडी र प्रशिक्षक दुबैको दावी छ ।

तर, पछिल्लो समयमा भुटानले फुटबलमा राम्रो प्रगती गरेको छ । भुटान पनि कमजोर टीम नभएको नेपाली टीमका प्रशिक्षक बालगोपाल महर्जनले बताए । तर, जीतका लागि नेपाली टीमलाई धेरै कठिनाइ नहुने उनको दाबी छ । उद्घाटन खेल भएकाले नेपाली टोलीले पनि सचेत भएर खेल्ने उनले बताए ।

युवा स्ट्राइकर विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टीममा सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु
गोल रक्षक छन् । त्यस्तै डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा, गौरव बुढाथोकी र कमल श्रेष्ठ छन् ।

मिडफिल्डरमा हेमन्त थापामगर, द्रोण थापा, तेज तामाङ, किरण सुनार, विश्वार श्रेष्ठ, सुशन लामा र सुनील बल छन् भने स्ट्राइकर विमलसँगै अञ्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी र जोनममान लिगल रहेका छन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित भुटान र बंगलादेश छन् भने, समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् ।

नेपालले मंगलबार बंगलादेशको सामना गर्ने छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय