Comments Add Comment

नक्कली बिरामी भर्नाको कुरा गलत : एशोशिएसन

८ भदौ, काठमाडौं । मेडिकल कलेजहरुले नक्कली बिरामी भर्ना गरेको भन्ने समाचारप्रति निजी मेडिकल कलेज संचालकहरुले आपत्ति जनाएका छन् ।

dr vola rijal_400हुँदै नभएको विषयलाई उठाएर एकपक्षीय समाचार मार्फत नीजि मेडिकल कलेजहरुमाथी प्रहार गरिएको भन्दै निजी मेडिकल एण्ड डेन्टल कलेज एशोशिएसनले आपत्ती जनाएको हो ।

एशोशिएसनका अध्यक्ष डा. भोला रिजालले पछिल्लो समय केहि व्यक्ति तथा समूह नेपालको मेडिकल शिक्षालाई धरासायी बनाउने खेलमा लागेको बताए । त्यस्ता केहि व्यक्ति तथा समूहले स्वास्थ्य सेवा मार्फत राज्यलाई महत्वपूर्ण योगदान दिइरहेका मेडिकल कलेज र सरकारलाई होच्याउने अनि जनतामा भ्रम पैदा गरी मेडिकल क्षेत्रलाई धरासायी बनाउन लागिपरेको उनको भनाइ छ ।

‘लामो समयदेखि हामीले विभिन्न स्थानका बृद्धाश्रमा रहेका आमा बुवाको निःशुल्क उपचार गर्दै आएका छौं,’ रिजालले भने, ‘आज सेवा नै धर्म हो भन्ने मूल मर्मका साथ आश्रममा रहेका आमा-बुवालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल भर्ना गरिरहेको अवस्थामा योजनाबद्ध तरिकाले नक्कली भनेर प्रचार गरी जेष्ठ नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार माथि अपमान हुने गरी भ्रामक प्रचार गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment