Comments Add Comment

बर्दिया सदरमुकाम गुलरियामा निषेधाज्ञा

८ भदौ गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरिया बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

थरुहट/थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रुप लिनसक्ने भन्दै मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सभा, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

उत्तरमा मिलनचोक, कृषि विकास बैंक, सन्तोषी मन्दिर चोकसम्म, दक्षिणमा भन्सार रोड जाने शिवालय चोक र जिल्ला कृषि विकास कार्यालय चोकसम्म, पूर्वमा निलो आयल पेट्रोलपम्प र पश्चिममा बसपार्क क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको हो ।

उक्त क्षेत्रभित्र कानुनले निषेध गरेका गतिविधि गरेमा सुरक्षाकर्मीलाई गोली चलाउन सक्ने अधिकार दिइएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए ।

Bardiya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment