Comments Add Comment

कृषि तथा बनबिज्ञान विश्वविद्यालयमा तालावन्दी

८ भदौ, चितवन । कांग्रेसले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा एकलौटी गरेको भन्दै एमाले निकट नेपाल प्रगतिशिल प्राध्यापक संगठनले कृषि तथा बनबिज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो तालावन्दी गरेको छ ।

Chitwan-Talabandiसंगठनका अध्यक्ष बाबुराम खनालसहित गएका प्राध्यापकहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय चितवनको हामिकचोक र सेवा आयोगको कार्यालयमा तालावन्दी गरेका हुन् ।

राज्य सञ्चालनका निम्ति महत्वपूर्ण साझेदारका रुपमा रहेका राजनैतिक शक्तिसँगको आपसी सल्लाह र परामर्शमा देशका सातवटै विश्वविद्यालयहरुमा उपकुलपति नियुक्ति गर्नुपर्ने कुराको बेवास्ता गर्दै एकतर्फी रुपमा छनौट समिति गठन गरी एकलौटी तवरले निर्णय गरिएकाले तालवन्दी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

विश्विद्यालयमा तालावन्दी गर्न गएका संगठनका कार्यसमिति सदस्य निराजन भट्टराईले भने, ‘कांग्रेसको एकलौटी र हैकमी पारा रहेसम्म हामी ताला खोल्दैनौं, विश्विद्यालय कसरी चलाउँछन् त्यो पनि हामी हेर्छौं ।’

प्रधानमन्त्री सुशील कोइरालाले चितवनमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा माओवादीको कोटाबाट उम्मेदवार रहेका प्राध्यापक डा. ईश्वरीप्रसाद ढकाललाई नियुक्त गरेपछि एमाले निकटका प्राध्यापकहरु आक्रोशित बनेका हुन् ।

कोइरालाले बौद्धिक सम्पत्ती चोरीको आरोप लागेका डा. तीर्थ खनियालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका छन् ।

Agriculture-forset-Sience-u

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment