Comments Add Comment

प्रेम विवाह गरेको झोकमा बहिनीमाथि दाजुले गोली चलाए

८ भदौ, सिराहा । सिराहाको लहान नगरपालिका–२० स्थित सिंग्राहीका एक युवकले मंगलबार बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् ।

Gunगोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् । घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष सिरहाको चौहर्वामा गरिदिइएको थियो, तर त्यहाँबाट भागेर सिंग्राहीस्थित घर अगाडि नै प्रेम विवाह गरी आएको झोकमा भाइले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।

स्थानीय सन्तोष महतोले भने–“पहिले रेणुमाथि गोली प्रहार भयो । तर कपालमा हल्कामात्र लाग्यो । त्यसपछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर बनायो ।” गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले रेणुमाथि गोली प्रहार नभई धारिलो हतियारमात्र प्रहार गरेर गम्भीर घाइते बनाएको बताए ।

उनले घटनाबारे विशेष अनुसन्धान भइरहेको पनि बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment