Comments Add Comment

शान्ति सुरक्षा माग्दै विराटनगरमा सदभाव र्‍याली

Sadvab-rally-at-Biratnagar-ध्रुव भट्टराई

८ भदौ, विराटनगर । बिभिन्न जिल्लामा हिंसात्मक प्रदर्शन भैरहेकाबेला मोरङको विराटनगरमा सदभाव र्‍याली निकालिएको छ ।

दुई साताबाट बन्द हुदै आएको विराटनगर क्षेत्रमा मंगलबार दोस्रोपटक पुनः सदभाव र्‍याली निकालिएको हो । विराटनगर उपमहानगरपालिकाबाट निस्किएको सदभाव र्‍यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरुले ‘तोकिएकै समयमा संविधान जारी गर’, ‘शान्ति सुरक्षा कायम गर’, ‘प्रादेशिक राजधानी विराटनगरलाई बनाऔं, सामाजिक सदभाव कायम गरौं’ लेखिएका ब्यानर बोकेका थिए । उनीहरुले टीकापुर घटनाका दोषीलाई कारवाही गर्न समेत माग गरेका थिए ।

संयुक्त टोल नगर समन्वय समितिको आयोजनामा निकालिएको र्‍यालीका सहभागीहरुले राष्ट्रिय झण्डा समेत प्रदर्शन गरेका थिए ।

एक साताअघि पनि विराटनगरका विभिन्न २१ संघ संगठनहरुले संयुक्त रुपमा विराटनगरमा सदभाव र्‍याली आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment