+
+

सीपी मैनालीले गरे टीकापुर घटनालाई गौर नरसंहारसँग तुलना

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १३:३०

९ भदौ, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले सात सुरक्षाकर्मीको हत्या हुनेगरी भएको कैलालीको टीकापूर घटनालाई गौर हत्याकाण्डसँग तुलना गरेका छन् ।
CP-Mainali-CA-Metting
संविधानसभामा संविधानको मस्यौदामाथि छलफलमा भाग लिदै मैनालीले भने- ‘टीकापुर घटना र गौर हत्याकाण्डमा थुप्रै समानताहरु छन् ।’ उनले अघि भने-‘गौर हत्याकाण्ड एउटा दललाई पाठ पढाउन भएको थियो टीकापुर घटना सम्पूर्ण नेपालीलाई पाठ पढाउन भएको छ ।’

अन्तरिम संविधान जारी भए लगत्तै मधेश आन्दोलनका क्रममा २०६३ मा रौतहटको गौरमा तत्कालिन माओवादी र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २९ जना माओवादी कार्यकर्ताको सामुहिक हत्या भएको थियो ।

सो हत्याकाण्डको जिम्मेवारी फोरमले कहिल्यै लिएन । त्यस हत्याकाण्डलाई अहिलेसम्म रहस्यमय मानिएको छ । त्यहाँ प्रयोग भएका हतियार र आक्रमणकारी समेत शंकास्पद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?