Comments Add Comment

भूकम्पका कारण बलात्कार र आत्महत्याको घटनामा वृद्धि

९ भदौ, दोलखा । जिल्लाका विभिन्न क्षेत्रमा बलात्कार तथा आत्महत्याका घटना बढ्नुमा भूकम्प कारक बनेको छ ।

विनाशकारी भूकम्पले घर भत्काएपछि घरबारविहीन भएका असहाय, अपाङ्ग महिला पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । बस्ने घर भूकम्पले भत्काएसँगै नागरिक पालमुनि बस्नुपर्ने बाध्यताले पनि उनीहरु असुरक्षित बन्दै गएको प्रहरीको भनाइ रहेको छ । साँगुरो क्षेत्रमा रात बिताउँदा महिलाको पुरुषसँगको दूरी नजिक हुँदा उनीहरु बलात्कारको सिकारसमेत बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कअनुसार भूकम्प आएपछि बलात्कारका घटना ह्वात्तै बढेका छन् । पछिल्लो दुई वर्षयताकै सबैभन्दा बढी घटना घटेको जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक राम राउत बताए ।

वैशाख महिनादेखि साउन महिनासम्ममा मात्र बलात्कारका घटना छवटा घटेको छन्,जसमा पाँचवटा जबर्जस्ती करणी र एकजना जबर्जस्ती करणी गर्न खोज्ने उद्योगअन्तर्गत छ । राउतले बलात्कारमा परेकामध्ये अधिकांश अशक्त र असहाय महिला रहेकोसमेत बताए ।

। केही साताअघि एक सुस्तःमनस्थितिका पुरुषले सुस्तःमनस्थितिकै महिलालाई बलात्कार गरेकोसमेत घटना भएको छ । भूकम्पपछि धेरै घटना घटेको बताउँदै गएको वर्ष सातवटा र अघिल्लो वर्ष पाँचवटा यस्ता घटना घटेको जनाएको प्रहरीले जनाएको छ ।

पछिल्ला घटनालाई नियाल्दा यस्ता घटना अझै घट्नसक्ने भन्दै सबैलाई अपाङ्ग, असहाय महिलालाई सुरक्षित स्थानमा राख्न प्रहरीको अनुरोधसमेत रहेको छ । भूकम्पले घर भत्काएको र बस्ने ठाउँको समस्या भएको कारणले पनि बलात्कारको घटना बढेको महिला अधिकारकर्मी एवम् आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीको भनाइ रहेको छ ।

सुस्तःमनस्थिति भएका महिलाको भाषा नबुझ्दा पनि दोषी पहिचान गर्न समस्या भएको प्रहरी सहायक निरीक्षक राउतको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय र महिला विकास कार्यालयमा दोभाषे नहुँदा यस्ता समस्या आउने गरेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment